Spread the love

काठमाडौँ । के तपाईँले घरमा पाल्नुभएको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नुभएको छ यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालय निर्माण गर्नेतर्फ लाग्नुस्।

घरमा कुकुर पाल्ने बाटोमा फोहोर फाल्नेहरुलाई कुनै पनि बखत काठमाडौं महानगरपालिकाले कारबाही गर्न सक्छ। महानगरले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारबाही सुरु गरेको छ।

मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसा पिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिक स्थलमा शौच गराइएको भेटिएमा कारबाही थालेको छ ।

स्वच्छ र सफा काठमाडौंको लक्ष्य लिएको महानगरपालिकाले अहिले नगरभरि छड्के चेकजाँचमा प्रहरी टोली खटाएको छ। यही क्रममा आइतबार एकाबिहानै नगर प्रहरी सादा पोशाकमा बानेश्वर, अनामनगर, घटेकुलो, स्वयम्भूलगायतका क्षेत्रमा चेकजाँचमा खटिएका थियो।

उक्त क्षेत्रमा बसोबास गर्नेहरु कुकुर पाल्न शौकिन रहेको तर कुकुरलाई सडकमा निकालेर दिसा पिसाब गराएर सडक नै फोहोर गराउनुका साथै पैदल यात्रीलाई सास्ती भएको गुनासोको आधारमा अनुगमनका लागि महानगर टोली खटिएका थिए।

आइतबार अनामनगर र मइतिदेबि क्षेत्रबाट सडक र छिमेकीको दैलोमा शौच गराइरहेको अवस्थामा चार कुकुर पालक भिआइपीहरू समेत प्रहरीको फन्दामा परे। एकाबिहानै कुकुर सडकमा निकालेर दिसा पिसाब गराउने भिआइपी भन्नेहरूलाई नगर प्रहरी निरीक्षक धर्म भण्डारीको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरीले नियन्त्रणमा लियो।

प्रहरीले कुकुर र तिनका पालक दुवैलाई नियन्त्रणमा लिई महानगरमा पाँच घण्टा राखेर एकरएक हजार जरिवाना तिराएर छाडेको प्रहरी निरीक्षक भण्डारीले बताय।

घरमा कुकुर पाल्ने तर फोहोर सडकमा फाल्ने जोकोहीलाई पनि कारबाही गर्न महानगरको टिम सधैँ तैनाथ रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0