Spread the love
२०८० फाल्गुण २६

चितवनको भरतपुरमा शनिबारदेखी तीनदिने नवौं फर्मा एक्स्पो सुरु भएको छ । नेपालमा औसधि उत्पादन र यसको व्यवसायिक प्रवर्द्धन तथा विकासको लागि  नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा एस्क्पो संचालन गरिएको हो ।

एक्स्पोको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव बिकास देवकोटाले गरे। एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला) कच्चापदार्थ र नेपाली औषधि उद्योगले उत्पादन गर्ने औषधिसहित १६० वटा स्टल राखिएको छ । हाल नेपालमा  ८४ वटा औषधि उद्योगहरु छन् ।

 

यी उद्योगहरुलाई उकास्ने र जिम्मेवार बनाउनेगरी सरकारले काम गरिरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिए ।‘नेपाललाई चाहिने औसधिजन्य सामानहरु यहिका उद्योगहरुले उत्पादन गर्न सकेमा नेपाललाई ठूलो फाइदा हुन सक्छ,’ उनले भने,‘तर उद्योगहरुलाई प्रविधिमैत्री र नियमन गर्न दुवै पक्ष मिलेर अघि वढ्नुपर्छ ।’ तर नेपालका औसधि कम्पनीले उत्पादन गरेका औषधिले काम गर्दैन भनेर चिकित्सकहरुले नै बताउदै आएकोले यसबारे उद्योगहरुले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एपोनका अध्यक्ष महेश प्रधानले धराशायीले औषधि उद्योगको लागि सरकारले सहज वातावरण तय गरिदिनुपर्ने बताउदै नेपाल यहीँका उद्योगमा उत्पादन भएका औषधीले आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताए । तर यहाँका उद्योगलाई चिनाउन उकास्न आवश्यक रहेको उनको भनाइ छ । हाल नेपालमा औषधि उद्योगमा निजि क्षेत्रले ७० अर्व भन्दा लगानी गरेको छ भने यसको बजार पनि निजि क्षेत्रमा नै बढी निर्भर रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0