Spread the love

काठमाडौं । प्रभु बैंकले यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशविना साधारणसभामा अन्य प्रस्तावहरु लैजाने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको वित्तीय विवरणहरु साधारणसभामा प्रस्तुत गर्नका लागि राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय बैठकले गरेको छ । यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0