Spread the love

काठमाडौं । अघिल्ला ५ दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।

बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १३८० रुपैयाँमा रहेको चाँदी बिहीबार १४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0