काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश बागमतीसँगको खेलमा १०६ रनमै अलआउट भएको छ ।
कीर्तपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाउन सक्यो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एक/एक विकेट लिए ।
जारी प्रतियोगितामा ८ खेल खेलेको बागमती प्रदेश १० अंकसहित दोस्रो स्थानमा रहेको छ भने पाँच खेल खेलेको लुम्बिनी २ अंकसहित नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
+1
+1
+1