Spread the love

पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ ।

शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण  शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।

गाउँपालिकाको वडनम्बर ६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्य ५ जना पालिकाभित्रैका थिए । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ ।

उक्त घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य १६ जना घाइतेको उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
0
+1
0
+1
0