काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडतहरुलाई न्याय दिने काम भइरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइरहेको बताएका हुन्।
उनले तत्कालिन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताए।
‘प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ। त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जान्छौं। पीडितलाई हर हालतमा न्याय दिन्छौं’ उनले भने। उनले पीडितको नाममा खेल नखेल्न आग्रह समेत गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
+1
+1
+1