Spread the love

सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

facebook sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।

पार्टीका महासचिव भुसालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको बताउँदै यस विषयमा आफूहरूले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिए ।

महासचिव भुसालले भने, “उहाँहरूले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0