२५ फागुन, काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।
सैनिक मञ्चमा आयोजित समारोहमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज, प्यारासुटलगातका प्रस्तुति देखाइएको छ ।
सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरिएको छ ।
त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1