Spread the love

 

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

चितवन- साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्‍याली शुरु गर्दे अभियानको शुरु गरिएको हो ।

हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व संध्यामा आज चितवनको भरतपुरमा बृहत साइकल र्‍यालीको आयोजना गरेको छ । नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्‍यालीका भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताउनुभयो । उहाँले भरतपुर भ्रमण बर्ष २०२४ पर्यटन प्रवद्र्धनको महाअभियान भएकोले यो अभियानमा सबैको साथ र सहयोगको लागि आव्हान समेत गर्नुभयो ।

साईकल चलाऔं, वातावरण जोगाऔ, स्वस्थ रहौं भन्ने नारा सहित आयोजना गरिएको र्‍याली नारायणी नदी किनारबाट शुरु भई आँपटारी चोक बिशालचोक, केन्द्रीय बस टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हुँदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो ।

साईकल र्‍यालीमा दुई सय भन्दा बढी साईकल राईडरहरु सहभागि भएका थिए । भोलि चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिनुभयो ।

नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0