काठमाडौं | सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ ।
‘उपनिर्वाचनको तयारी, प्रदेशको सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन् ।
यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
+1
+1
+1