Spread the love

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईईमा सहभागिता जनाउने विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ ।

परीक्षा केन्द्र नजिक घर भएकालाई बाहेक पालिकाको दुर्गम स्थानका पाँच वटा विद्यालयबाट एसईई परीक्षामा सहभागिता जनाउन आएका आएका २ सय १ जना विद्यार्थीलाई दाल, चामल तेल लगातका खाद्य समग्री प्रदान गरिएको हो ।

राक्सिराङ्ग गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच परीक्षा अवधीभरलाई पुग्नेगरी प्रति विद्यार्थी १२.५ केजी चामल, एक लिटर तेल, एक केजी दाल र नुन उपलब्ध गराइएको हो ।

अधिकांश विद्यार्थी विकट क्षेत्रबाट परीक्षा दिन आएका र उनीहरुको अभिभावकले खानेकुरा जोहो गरेर पठाउन सक्ने अवस्था पनि नभएकोले गाउँपालिकाको पहलमा खाद्य समाग्री वितरण गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

राक्सिराङ्गमा पहिलो पटक परीक्षा केन्द्र

राक्सिराङ्गमा पहिलो पटक एसईईको परीक्षा केन्द्र राखिएको छ । राक्सिराङ्ग-५ स्थित प्रजा जागृती माध्यामिक विद्यालयमा पहिलो पटक पररीक्षा केन्द्र राखिएको हो ।

शिक्षा विकास समन्वय इकाइ मकवानपुर, परीक्षा बोर्ड र गाउँपालिकाको प्रयासमा पालिकामै पहिलो पटक एसईईको परीक्षा केन्द्र राखिएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताउनुभयो ।

एसईईको परीक्षा केन्द्र राखिएपछि राक्सिराङ्गका विद्यार्थीले आफ्नै पालिकाबाट परीक्षा दिन पाउने भएका छन् । यसअघि मनहरी हेटौंडा लगायतका स्थानबाट विद्यार्थी परिक्षा दिन बाध्य थिए । यस परीक्षा केन्द्रबाट २ सय ८० जना विद्यार्थीले परीक्षा दिंदैछन् ।

आफ्नै पालिकास्थित केन्द्रबाट परीक्षा दिन पाउँदा विद्यार्थी उत्साहित बनेका छन् । पालिकामा पहिलोपटक एसईई परीक्षा सञ्चालन गर्न पाउनु अवसर र चूनौती दुबै रहेको केन्द्राध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर प्रजाले बताउनुभयो ।

यस केन्द्रबाट कालिका मावि खैराङ, कालिका मावि राक्सिराङ, राष्टिय मावि सिलिङे, सुर्योदय मावि देविटार र श्री माविका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि एक केन्द्राध्यक्ष, सहायक केन्दाध्यक्ष, निरीक्षक, सहयोगी सहित १२ जना कर्मचारी परिचालित भएका छन् ।

मकवानपुरमा यस वर्ष ६ हजार १ सय ६३ विद्यार्थी एसईइ परीक्षामा सहभागी हुँदैछन् । मकवानपुरको कैलाश गाउँपालिका बाहेक सबै ९ वटा स्थानीय तहका २६ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0