काठमाडौं, जेठ ३-
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ।
सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने उसको अडान छ।
गत मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबल हुन सकेको छैन। कांग्रेसकै अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेन।
संसद्को अवरोध हटाउने विषयमा सभामुखले गरेको प्रयास सफल हुन सकेको छैन। सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले भने गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेको छ। त्यसपछि आवश्यक परे समिति गठन गर्न सकिने निश्कर्ष बुधबार बसेको बैठकले निकालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1