Spread the love

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बभन्दा बढीको बजेट ल्याएको छ।

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको जानकारी दिएका हुन्।

कूल बजेटको चालुतर्फ ६१.३१ प्रतिशत र पुँजीगततर्फ १८.९४ प्रतिशत रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो १९.७४ प्रतिशत हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0