जेष्ठ २६ काठमाण्डौ – बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङघीय समिति (सिड) मा पुनः निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि सिडमा निर्वाचित हुनुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।
राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गर्नुभएको छ । महिलाविरुद्ध हुने सबैखाले हिंसा उन्मूलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूले यसअघि पनि राणालाई कमिटीको प्रतिनिधिमा चुनेका थिए । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली सदस्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1