असार ३ काठमाण्डौ – पहिरोका कारण बिहान बन्द रहेको पृथ्वी राजमार्ग खुलेको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खसेपछि आज बिहान सडक बन्द भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिनुभयो । बाटो खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1