Spread the love

२१ श्रावण, काठमाडौं – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको लिनुभएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।  आजै कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननुन मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिनुभएको छ ।

यस्तै कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0