श्रावण ३१, काठमाडौं – शेयर बजार खुलेको २५ मिनेटमा ६२.०६ अंकले बढेको छ । नेप्से सो अंकले बढेसँगै परिसुचक ३००० माथि उक्लिएको छ ।
आज बजार खुलेदेखि बढिरहेको छ। कारोबार पनि उत्साहजनक देखिएको छ । यो समाचार तयार पार्दासम्म ४ अर्ब २८ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।
अहिलेसम्म ३ वटा उपसमूहबाहेक अन्य १० वटा उपसमूहमा हरियाली छाएको छ। अहिले बैंकिङ समूहमा सर्वाधिक चमक देखिएको छ।
अहिलेसम्म १८३ कम्पनीको शेयरभाउ बढ्दा ५७ वटाको घटेको छ भने २ वटा स्थिर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1