भाद्र ११, काठमाडौँ – विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने कार्य योजना पारित गरेको हो ।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्य योजना तय भएको जानकारी दिनुभयो । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।
समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोली समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1