Spread the love

आश्विन ९, काठमाडौं । यसपालिको दसैंमा काठमाडौंबाट देशभरका विभिन्न गन्तव्यमा जाने यात्रुहरूका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारबाट खुला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार यातायात व्यवसायीको उपस्थितिमा भएको बैठकले दसैंका लागि शनिबार १२ असोजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

सो बैठकमा यातायात व्यवस्था विभागले आगामी १० असोजबाटै टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको थियो । तर, बैठकमा सहभागी यातायात व्यवसायीले तयारीको समय केही कम हुने सुझावसहितको धारणा राखेपछि दुवै पक्षबीच भएको सो छलफलमा आगामी १२ असोजदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने सहमति जुटेको हो ।

सरकार र सम्बन्धित यातायात व्यवसायी प्रतिनिधिहरूबीच सम्पन्न भएको बैठकले सम्भव भएसम्म यातायात व्यवसायीले अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने निर्णय गरेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0