Spread the love

कार्तिक १, पोखरा । बडादसैँको आज अन्तिम दिन कोजाग्रत पूर्णिमा गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

गण्डकी प्रदेश सरकारले आजको दिन प्रदेशभरका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दसैँ ४ वैशाख र भानुजयन्ती २९ असारमा समेत बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0