Spread the love

कार्तिक ८, कास्की- सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनलाई मध्यनजर गरेर कार्यालय खुलेसँगै उहाँहरूलाई अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।

गत शुक्रवार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले आज फेरि उहाँलाई अदालतमा उपस्थित गराइएको हो ।

पोखराको सूर्य दर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा रविलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।

गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0