Spread the love

मङ्सिर ७, काठमाण्डौ – सत्तारुढ नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको एमाले नेताहरुको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने दाबी गरेको छ ।

काठमाण्डौमा आज एमाले बाहेक अरु समूहबाट पनि प्रदर्शन हुँदैछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गर्न लागेको हो ।

यस्तै माइतीघरमा सहकारी पीडितसहित अरु प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।

तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउने योजना बनाइएको काठमाण्डौ प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0