Spread the love

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

पौस २, काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पुस ५ मा सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उहाँलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

लामिछाने कार्तिक २ गते  वनस्थलीबाट पक्राउ पर्नुभएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0