उनले ‘घरबार वरपरको रुख काट्नुहोस् जसले गर्दा बाँदर आउदैन्, अन्नबाली जोगिन्छ र सुरक्षित तरिकाले बस्न पाइन्छ। यसले तपाईँहरूको सबै क्षति कम हुन्छ।’ भन्ने सन्देश दिन चाहेका थिए।
तर उनको यो सन्देश १२ घण्टा भित्रै देशभर फैलियो। तर धेरै समय टिकेन र यसको सर्वत्र विरोध भयो। तर समस्या भने जहाँको त्यही छ। वर्षौँदेखि यो समस्या पछिल्ला दिनमा झनै बढ्दै गएको छ।
त्यसैले बाँदर व्यवस्थापनका दिगो समाधान के–के हुनसक्छन तरु भनेर नागरिकन्यूजले वन मन्त्रालयका सचिव डा। दीपककुमार खराललाई सोधेको थियो।
वन सचिव डा.दीपककुमार खरालले बाँदर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका छन्। खरालका अनुसार बाँदरहरूको दिगो व्यवस्थापनका लागि तल उल्लेखित उपायहरू अवलम्बन गर्न सकिन्छ। तर यी उपायहरू कार्यान्वयनका लागि राजनीतिक दलहरूबिच सहमति र उनीहरूको प्रतिवद्धता आवश्यक भएको बताएका छन्।
१.बाँदरलाई ‘हानिकारक’ वन्यजन्तुको सूचीमा राख्ने र त्यहीअनुसारको अधिकार स्थानीयवासीलाई दिने। बढीमा बात नलाग्ने गरी बाँदर मार्न सक्ने अधिकार दिन सकिन्छ। (यो निर्णय राजनीतिक तहबाट हुनुपर्छ)
२.बाँदरको संख्या नियन्त्रण गर्न यसलाई बन्ध्याकरण गर्न सकिन्छ। छिमेकी देश भारतमा यो उपाय अवलम्बन गरिएको छ। (यो दीर्घकालीन हुँदैन र सबै प्रभावित क्षेत्रमा गर्न सम्भव छैन)
३.ठुला–ठुला पार्क बनाएर ती पार्कमा राखेर बाँदर संरक्षण र व्यवस्थापन गर्न सकिन्छ।
४. वनजंगलमा बाँदरले रुचाउने र खाने फलफूल तथा खाद्य पदार्थका बिरुवाहरू रोप्ने जसले गर्दा बाँदरहरू आहाराको खोजीमा गाउँ बस्तीमा आइपुग्दैनन्।
५.घर वरपर बाँदरले नरुचाउने र नखाने बिरुवाहरू लगाउने जसले गर्दा स्थानीयहरूको घर वरपर बाँदर आउदैन्।
६.अन्तराष्ट्रिय स्तरमा भइरहेका विभिन्न किसिमका पदार्थहरूको परीक्षण र अनुसन्धानमा यिनीहरूको प्रयोग गर्ने।