Spread the love

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सहकारी र लघुवित्तका समस्या समाधान गरी पीडितलाई न्याय दिन सुझावपत्र बुझाएको छ।

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।

सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताए।

भेटमा प्रधानमन्त्रीले भने, ’यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हर हालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।’

टोलीमा सभापति लामिछानेसहित उपसभापति डा. स्वर्णीम वाग्लेलगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0