Spread the love

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ।

मोड्युल सार्वजनिक भएसँगै बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन। अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए तापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो।

ग्राहकले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात र आवश्यक विवरण रेकर्ड गरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सक्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0