Spread the love

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली डेढ घण्टादेखि छलफल गरिरहेका छन्।

परिवर्तित सन्दर्भमा एकीकृत समाजवादीलाई समेत नयाँ सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव लिएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कोटेश्वरस्थित नेपालनिवास पुगेका हुन् ।  छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि सहभागी छन् । पौडेल र पोखरेल भने प्रधानमन्त्री र एमाले अध्यक्ष पुग्नुभन्दा पनि निकै अघिदेखि नेपालसँग छलफलमा थिए । अहिलेको छलफल नयाँ सत्तागठबन्धनमा सहभागितासँगै वामपन्थी एकताको विषयमा पनि केन्द्रित रहेको बताइएको छ । एमाले पार्टी विभाजनपछि ओली र नेपालबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । राष्ट्रपति निर्वाचनको समयमा दुई नेताबीच दुई पटकसम्म भेटवार्ता भए पनि ती भेटले दुई नेताबीचको मनमुटाव मेटाउन सकेको थिएन । अहिले भने पुराना तिक्तता मेट्दै नयाँ यात्राको लागि नयाँ विन्दू पहिल्याउन केन्द्रित रहेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो पनि नेपालनिवास पुगेर छलफल गरेका थिए भने नेपालसँग ओलीले हिजो टेलिफोनमा कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0