काठमाडौं, राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदमा चैत २८ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा एमालेले घिमिरे लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार २ वर्षको कार्यकाल बाँकी रहेकी बिमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो । ‘उहा योग्य र सिनियर हुनुभएकाले राष्ट्रिय सभामा उपाध्यक्ष बनाउने निर्णय भएको हो’ दाहालले भने, ‘सत्ता समीकरणमा रहेका दलहरुसँग छलफल गरेरै उहाँलाई उम्मेदवार बनाइएको हो । उहाँ गठबन्धनको उम्मेदवार हो ।’
उनले उपाध्यक्षको दावी गरेको एकीकृत समाजवादीसँग छलफल भएपछि सहमतिमै घिमिरेलाई उम्मेदवार बनाइने बताए । घिमिरे कपिलवस्तुबाट राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
+1
+1
+1