२०८० चैत २५
राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको सन्देश विश्वका लागि कल्याणकारी भएको बताएका छन्।
बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतलनिवासमा आइतबार भएको श्रीखण्ड तरमुल महाविहारका नवकुलपुत्रहरूको प्रव्रज्यासम्वर कार्यक्रममा उनले विश्व शान्तिका लागि पनि यसको ठूलो महत्व रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले बुद्धको उपदेश, दर्शन र वाणीहरू समातेर जीवनलाई अगाडि बढाउन आग्रह पनि गरे। सो अवसरमा राष्ट्रपति पौडेलले नवकुलपुत्रहरूलाई दान–दक्षिणा प्रदान गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
+1
+1
+1