Spread the love

काठमाडौं, चैत ३०-

ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने भएको छ। साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउनुपर्ने चुनौती छ।

आज पहिलो खेल नेपालले मलेसियासँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे ओमानको टर्फ मैदानमा हुनेछ।

नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। टी–ट्वेन्टी विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार हो।

अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्।

यो समूहमा हङकङले नेपाललाई केही चुनौती प्रस्तुत गर्न सक्छ। समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन्। साउदी अरब र कम्बोडिया च्यालेन्जर्स कपको शीर्ष दुईमा रहँदै प्रिमियर कपका लागि छनोट भएका हुन्।

आजै ओमान र बहराइन तथा युएई र कुवेत भिड्नेछन्। हङकङ र कतारबीचको खेल पनि आजै हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–ट्वेन्टी एसिया कपमा छनोट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0