कार्तिक २३, काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो हरियो तरकारीको भाउ घटेको छ । आज सबैखाले गोलभेडाको भाउ हिजोको तुलनामा केही सस्तो भएको छ ।
आज गालेभेडा सानो लोकलको भाउ किलोमा २० रुपैयाँले घटेर किलोको ४० रुपैयाँमा झरेको छ । त्यस्तै आज सबैखाले सिमीको भाउ पनि घटेको छ । आज घिउ सिमी राजमाको भाउ किलोमा ६० रुपैयाँले घटेर किलोको ७५ रुपैयाँमा झरेको छ ।
त्यस्तै आज लौका पनि किलोमा २० रुपैयाँले घटेर किलोको ३५ रुपैयाँमा झरेको छ । तर आज तने बोडी, तिते करेला, रातो बन्दालगायतको भाउ सामान्य बढेको छ ।
आज तने बोडी र तिते करेलाको भाउ किलोमा समान ३०/३० रुपैयाँले बढेको छ । आज तने बोडीको भाउ किलोमा ३० रुपैयाँले बढेर १४५ रुपैयाँ पुगेको छ । तिते करेलाको भाउ पनि किलोमा ३० रुपैयाँले नै बढेर ९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज रातो बन्दाको भाउ २० रुपैयाँले बढेको छ । आज रातो बन्दा २० रुपैयाँले बढेर किलो ७५ रुपैयाँ पुगेको छ ।