सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश निर्वाचनको कार्यालय सुर्खेतमा बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो ।
मतदानका लागि स्थानीय तह र प्रदेश सभा सदस्यका लागि दुईवटा मतदान केन्द्र राखिएको छ ।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।
योमध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार संख्या एक हजार १९५ मात्रै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1