काठमाडौं । एकीकृत समाजवादीको राष्ट्रिय परिषदको बैठक आज काठमाडौंमा बस्दै छ । विधानको मस्यौदामा छलफल गर्न बोलाइएको बैठक काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे सुरु हुने छ । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।
उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदलले तयार पारेको विधान मस्यौदा बैठकमा पेस हुने छ । राष्ट्रिय परिषद् सदस्यबाट सुझाव लिएर विधानलाई पूर्णता दिइने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए । त्यसपछि सोही विधान अनुसार टेकेर आगामी जेठमा हुने महाधिवेशनबाट नेतृत्व चयन गर्ने उनले बताए ।
राष्ट्रिय परिषद् बैठकको सुझाव अनुसार प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पस्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने गरी विधानलाई अन्तिम रूप दिने चौधरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
+1
+1
+1