काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् ।
संवाद यात्राको क्रममा आइतबार मोरङस्थित कटहरी गाउँपालिकामा बोल्ने क्रममा थापाले विकास आयोजनाको समयावधि बढेपछि लागत बढेको बताए । विकास निर्माणका कार्यहरु फास्ट ट्रयाकबाट टुंग्याउनुपर्ने थापाको भनाई थियो ।
‘कतारमा इन्जिनियर पनि नेपाली, त्यो बाटो खन्ने लेबर पनि नेपाली, क्रेन चलाउने ड्राइभर पनि नेपाली छ,’ महामन्त्री थापाले भने,‘त्यहाँको बाटो दुई महिनामा बन्छ । हाम्रो कहिं न कहिं केही मिलेको छैन । कहीं हाम्रो ढंग मिलेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1