Date
सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024
घर Headlines पानी परे सगै ह्वात्तै घट्यो आगलागी र डढेलोको घटना

पानी परे सगै ह्वात्तै घट्यो आगलागी र डढेलोको घटना

9
Spread the love

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

दाङ- पानी परेपछी लुम्बिनी प्रदेशमा आगलागीका घटना ह्वात्तै घटेको छ । बैशाख महिनाको २५ गतेसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा बैशाख महिनामा मात्र ४२१ आगलागी तथा वन डढेलोका घटना भएका थिए ।

तर, २६ र २७ गतेको विवरण अनुसार जम्मा तीन स्थानमा मात्रै आगलागी भएको तथ्यांक लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयले प्रकाशन गरेको दैनिक विपद् वुलेटिनमा उल्लेख छ । बर्दिया जिल्लाको दुई स्थानमा बुधवार र बिहिवार आगलागी भएको छ । बाँकी अन्य जिल्लामा आगलागीका घटना शुन्यमा झरेका छन् ।

 

आगलागीको घटनामा परेर बैशाख २५ गते सम्म ५ जनाको मृत्यु, १७ जना घाईते, ४१३ बटा घर क्षति भएको थियो । प्राप्त विवरण अनुसार ३६४ घर पूर्णक्षति, ४१ घर आशिक क्षति भएको, ३६० वटा गोठ क्षति भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको थियो । ४५८ वटा पशु चौपायको क्षति भएको छ ।

जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै प्यूठान जिल्लामा आगलागीका घटना भएको छ । सबैभन्दा कम रुकुम पूर्व जिल्लामा घटना गरेको विवरण प्राप्त भएको थियो । बैशाख २० गते देखी २५ गते यि पाँच दिनको अवधीमा ५३ वटा आगलागीका घटना घटेको देखिएको थियो ।

 

जिल्लागत विवरण अनुसार बैशाख २० गते सम्मको तथ्यांक अनुसार नवलपरासी पश्चिममा १५, रुपन्देहीमा २२, कपिलवस्तुमा ३४, पाल्पामा २४, गुल्मीमा २१, अर्घाखाँचीमा ५५, दाङमा ३२, रोल्पामा २३, बाँकेमा २२, बर्दियामा २३, रुकुम पूर्वमा ९ र प्यूठानमा ८८ वटा आगलागीका घटना घटेको थियो ।

आगलागी तथा वन डढ़ेलोबाट प्रभावित परिवारलाई प्रदेश सरकारवाट त्रिपाल, टेन्ट र पिफर्म उपलब्ध गराइएको मन्त्रालयका सचिव लालबावु कवारीले जानकारी दिनुभयो ।

नयाँ बर्ष सुरु भएसँगै देशव्यापी रुपमा फैलिएको आगलागी तथा वन डढ़ेलो प्रकोपवाट लुम्बिनी प्रदेश निकै प्रभावित भयो । यस प्रदेशमा रहेका १२ वटा जिल्लाहरुका ९३ वटा नगरपालिका तथा गाउँपालिका प्रभावित भएको मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0